Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड


  • 414
    Shares

    सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड
    images

    काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।

    वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको १० लाख सेयरमा २१ लाख ८ हजार ८२० कित्ताको लागि आवेदन परेको छ। जसमा २१ लाख ८ हजार १४० कित्ता योग्य आवेदन परेकोमा ६२ हजार ९४७ जनाले कम्पनीको सेयर पाएका छन्।

    हाइड्रोले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो।

    कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। 

     

     

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १२:१७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij