Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

घरदैलोमा पुगेर एमालेले दिन थाले महाधिवेशनको निम्तो

घरदैलोमा पुगेर एमालेले दिन थाले महाधिवेशनको निम्तो


  • 379
    Shares

    घरदैलोमा पुगेर एमालेले दिन थाले महाधिवेशनको निम्तो
    images

    काठमाडौं । नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन थालेको छ । त्यसको औपचारिक सुरुवात उपमहासचिव प्रदीप ज्ञवालीले यो बुधबार बिहान काठमाडौं-२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट गरेका हुन् ।

    घरदैलोमा पुगेर निमन्त्रणा दिने कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन् । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी भएका छन् ।

    एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - ११:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij