Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन


  • 1.6K
    Shares

    दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन
    images

    काठमाडौं । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख भेटी सङ्कलन भएको छ ।

    यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी १२ लाख ८८ हजार १८० सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छ्न् । उनका अनुसार मन्दिरबाट सङ्कलन गरिएको नगद १२ लाख ५४ हजार ८० र कोषको बैंक खातामा क्युआरमार्फत ३४ हजार १०० भेटी सङ्कलन भएको हो ।

    जात्राको भेटी सङ्कलन गरेर प्रहरी चौही समुन्द्रटारमा ल्याएर गणना गरिएको थियो । जनप्रनिधि, कोषका पदाधिकारी, सुरक्षाकर्मी, विद्यार्थीमार्फत गणना गरिएको छ । ‘जे माग्यो त्यो सिद्ध हुने’ जनविश्वास रहेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा पर्वको अवसरमा करीब एक लाख तीर्थालुले दर्शन गरेको कोषका संरक्षक एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिएका छन् ।

    दुप्चेश्वर महादेव मन्दिरमा शनिबार र सोमबारका दिन पाँच हजार हारहारीमा तीर्थयात्री आउने र करिब एक लाख भेटी सङ्कलन हुँदै आएको छ । हिन्दू र बौद्धमार्गीका लागि यहाँको मन्दिर प्रसिद्ध रहेको छ । 

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १४:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij