Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली

पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली


  • 1.2K
    Shares

    पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली
    images

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशनमा आफूहरुले सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताए ।

    उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य हुने परेको जिकिर समेत गरे । 

    उपाध्यक्ष ज्ञवालीले ओलीले आलोचनालाई सुन्न नचाहने गैर माक्र्सवाद चिन्तन देखाएकाले पनि त्यस्ता खालको गलत कुराको विपक्षमा उभिनुपर्ने अवस्था आएको बताए । 

    उनले भने,‘सामुहिक नेतृत्व नभएको लोकतन्त्र सुदृढ हुन सक्दैन, बलियो हुन सक्दैन । टिकाउ पनि हुन सक्दैन । राम्रोसँग चल्न सक्दैन । कलेक्टिक लिडरसिप विनाको नेतृत्व, डेमोक्रेसी देशमा सफल हुन सक्दैन । संसारको उदाहरण हेर्ने होभने हामी त्यो पाउँछौँ । त्यसो भएको हुनाले कलेक्टिभ लिडरसिप आजको अनिवार्य आवश्यकता हो । त्यसलाई हामीले लगातार मान्दै आएको हो । तर हाम्रो पार्टीमा सामूहिक नेतृत्वको प्रणाली दस्तावेजमा त भनेका छौँ । तर व्यवहारमा लागू भएन । त्यसो भएर हामीले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गर्नका लागि, अगाडि बढाउनका लागि अब हामी नयाँ नेतृत्वमा जान चाहन्छौँ । नीति प्रदान कि नेतृत्व प्रदान । यो अर्को गम्भिर प्रश्न हो । यो हामीले नीति प्रदान भनेर दस्तावेजमा लेखेकै छौँ । तर व्यवहारिक रुपमा हामी के अभ्यास गर्दै आईरहेका छौँ भने नीति होइन, नेता प्रदान हो भन्ने कुरालाई स्थापित गर्न खोजिरहेका छौँ । यो कुरासँग हामी असहमत छौँ । यो धेरै महत्वपूर्ण कुरा हो । त्यसकारण नीति प्रदान हो, नीति अन्तर्गत नेता रहनुपर्छ नीतिको आधारमा सबै चल्नुपर्छ । नीतिको आधारमा देश चल्नु पर्छ, जनता चल्नु पर्छ । नीतिको आधारमा सम्पूर्ण पार्टी चल्नुपर्छ । नीतिको आधारमा राष्ट्रपति, प्रधानमन्त्री चल्नुपर्छ । नीतिको आधारमा पार्टीका सबै नेताहरु चल्नुपर्छ भन्ने मान्यतालाई हामी पुनः स्थापित गर्न चाहन्छौ । त्यसलाई अगाडि बढाउन चाहन्छौ । यसकारणले गर्दा हामीले नेता फेर्न खोजिरहेका छौ । 

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १४:३९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij