Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस

सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस


  • 1.7K
    Shares

    • images
    सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस

    काठमाडौं । सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जनाको नाम पठाउने निर्णय गरेको हो।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाका अनुसार सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरे सचिव बढुवाका लागि सिफारिस भएका छन्। 

    सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा प्रवक्ताका रूपमा कार्यरत छन्।भट्टराई वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् भने घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्।

    अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्ने भएको छ ।  

    मङ्सिर ९ गते राति राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा गएका थिए ।  उनीहरू अवकाशमा गएपछि मन्त्रिपरिषद् बैठकले वैकुण्ठप्रसाद अर्याललाई सचिवमा बढुवा गरेको थियो । रक्षा सचिव सुमनराज अर्याल मुख्य सचिवमा बढुवा भएका थिए । त्यसपछि रिक्त सचिवमा तीन जना मध्यबाट एक जनालाई बढुवा गर्न सिफारिस गरिएको छ ।  

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १४:१८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij