Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भालुको आक्रमणबाट दुई जना घाइते

भालुको आक्रमणबाट दुई जना घाइते


  • 1.1K
    Shares

    भालुको आक्रमणबाट दुई जना घाइते
    images

    काठमाडौं । जंगली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्। उनीहरूलाई आज बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए।

       निजी जमिनमा घाँस काटी रहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीयवासिन्दाले बताएका छन् । भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १३:५५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij