Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

नाइट क्लबमा आगलागी अपडेटः ४ नेपालीको मृत्यु (नामावलीसहित)

नाइट क्लबमा आगलागी अपडेटः ४ नेपालीको मृत्यु (नामावलीसहित)


  • 358
    Shares

    नाइट क्लबमा आगलागी अपडेटः ४ नेपालीको मृत्यु (नामावलीसहित)
    images

    काठमाडौं । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

    घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।

    अधिकारीका अनुसार शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो । नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

    घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

    गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन् ।

    गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानको अडिट गर्ने जनाएका छन् ।

    प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै पूरा संरचना जलेर नष्ट भएको थियो । आगोमा परेर ग्याँस सिलिण्डर पनि विष्फोट भएपछि भयावह भएको थियो ।

    गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची 

    • चुर्ण बहादुर पुन — नेपाल
    • विवेक कटवाल — नेपाल
    • सबिन — नेपाल
    • सुदीप — नेपाल
    • मोहित— झारखण्ड
    • प्रदीप महतो— झारखण्ड
    • बिनोद महतो— झारखण्ड
    • सतीश सिंह — उत्तराखण्ड
    • सुरेन्द्र सिंह — उत्तराखण्ड
    • जितेन्द्र सिंह — उत्तराखण्ड
    • सुमित नेगी — उत्तराखण्ड
    • मनिश सिंह — उत्तराखण्ड
    • दिगम्बर पटिर — असम
    • राहुल तन्ती— असम
    • मनोजित माल — असम
    • सुनील कुमार — उत्तर प्रदेश
    • रोहन सिंह — उत्तर प्रदेश
    • डोमिनिक — महाराष्ट्र
    • मनोज जोरा — महाराष्ट्र
    • इसहाक — कर्नाटक
    • सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल
    • सरोज जोशी — दिल्ली
    • विनोद कुमार — दिल्ली
    • अनिता जोशी — दिल्ली
    • कमला जोशी — दिल्ली

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १३:५४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij