Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पूर्वसांसद ओमबहादुर ग्लानले त्यागे माओवादी

पूर्वसांसद ओमबहादुर ग्लानले त्यागे माओवादी


  • 1.0K
    Shares

    • images
    पूर्वसांसद ओमबहादुर ग्लानले त्यागे माओवादी

    काठमाडौं । बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेका छन् । जनयुद्धका सहभागी भएका उनले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भई स्वतन्त्र रहने घोषणा गरेका हुन् ।

    मकवानपुरको राक्सिराङ-४ स्थायी ठेगाना भएका ग्लानले नेपालको ऐतिहासिक जनक्रान्ति र जनयुद्धमा सहभागी भएर योगदान गर्न पाएकोमा आफूले गर्व महसुस गरेको बताएका छन् । 

    उनले आफ्नो कारणले पार्टीलाई असहज नहोस् भन्ने उद्देश्यले नैतिकताको आधारमा सोही दलको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गरेको उनले बताएका छन् । 

    ‘विगतको योगदान र इतिहास प्रति गर्व गर्दै मूल नेतृत्व, नेता तथा कार्यकर्ता र जनतामा आभार प्रकट सहित फरक ढङ्गको यात्रा र सम्बन्धमा जोडिने विश्वासका साथ पार्टीलाई मेरो कारण असहज नहोस् भन्ने हेतुले नैतिकताको आधारमा आजैको मितिबाट सोही दलको कुनै पनि जिम्मेवारीमा नरहने गरी स्वतन्त्र रहेको जानकारी गराउँदछु’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    594038878_1395117848887509_8482641968024579102_n_zmbannmT9e.png

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १३:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij