Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

एनएमबि बैंकद्वारा ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक

एनएमबि बैंकद्वारा ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक


  • 589
    Shares

    एनएमबि बैंकद्वारा ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक
    images

    काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ।

    यस सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब ५ हजार रुपैयाँ भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI) मा रूपान्तरण गर्न सक्नेछन्।

    यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र POS स्लिप १० दिनभित्र eNMB एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन्।

    न्युनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधा सहित, ‘इन्स्टा बाइ’ मर्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने छ।

     

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १३:२०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij