Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण


  • 799
    Shares

    बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
    images

    काठमाडौं । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ ।

    करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आएका बागलुङ नगरपालिका निवासी एक महिलाले समाजले सङ्क्रमितलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको बताइन् । उनले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताइन् ।

    संक्रमित बालबालिकाले समेत विद्यालयमा विभेद भएको भन्दै परिवारसँग गुनासो गर्ने गरेका छन् । बागलुङमा पछिल्लो समय संक्रमणको सङ्ख्या बढ्दै गए पनि खुलेरै समाजमा आउनेको संख्या न्यून छ । पछिल्लो समयमा संक्रमितले परीक्षण गर्ने, संक्रमण पश्चात औषधी सेवन गर्ने र सम्पर्कमा रहने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या भने बढिरहेको छ ।

    धौलागिरी अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टर र एड्स सम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी संक्रमित सम्पर्कमा आउन थाले पनि खुल्न भने नचाहने स्वास्थ्यकर्मी बताउँछन् ।

    धौलागिरी प्रादेशिक अस्पतालमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितको परामर्श, परिक्षण तथा नियमित रूपमा औषधी उपचार र गोपनियताका कारण सङ्क्रमित सम्पर्कमा भने आउन थालेका हुन् ।

    स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बागलुङमा १९ बालबालिकासहित २१५ जना संक्रमित नियमित औषधी सेवन गरिरहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार गत आर्थिक वर्षमा १० जना संक्रमित थपिएका थिए भने चालु आर्थिक वर्षमा सात जना संक्रमित थप भइसकेका छन् ।

    उनीहरूले सामाजिक विभेद रहेकाले आफूहरू खुल्न नसकेको बताउँदै आएका छन् । उनीहरूलाई गोपनियताको ढंगले औषधी दिने तथा परामर्श दिँदै आएको शर्माको भनाइ छ । परीक्षण र परामर्शको दायरा बढाएपछि संक्रमितको सङ्ख्या भने उकालो लागिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

    एचआइभी सङ्क्रमितहरू अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँमा पुगेर नमूना सङ्कलन गरी गोप्य रूपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितको सङ्ख्या बढ्न थालेकोे धौलागिरि प्रादेशिक अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।

    सेन्टरले एचआइभी एड्ससम्बन्धी गैरसरकारी संस्थाहरूको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषणलगायत धेरै सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ ।

     

     

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १२:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij