Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

राष्ट्र बैंकले तयार पार्यो एआई मार्गदर्शनको मसौदा, पुस १५ गतेसम्म सुझाव माग

राष्ट्र बैंकले तयार पार्यो एआई मार्गदर्शनको मसौदा, पुस १५ गतेसम्म सुझाव माग


  • 365
    Shares

    राष्ट्र बैंकले तयार पार्यो एआई मार्गदर्शनको मसौदा,  पुस १५ गतेसम्म सुझाव माग
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’ (एआई मार्गदर्शन) सार्वजनिक गरेको छ। राष्ट्र बैंकले एआई मार्गदर्शनको मस्यौदा तयार पारी सार्वजनिक गरेको हो।

    यस मार्गदर्शन को मस्यौदामा केन्द्रीय बैंकले सरोकारवाला निकायहरुको रायसुझाव माग गरेको छ। आउँदो पुस १५ गतेसम्म nrbbfirdppd@nrb.org.np  मा रायसुझाव पठाउन सकिनेछ।

    केन्द्रीय बैंकले तथा वित्तीय संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग एआई सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरू पहिचान गरी त्यसलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न मार्गदर्शन जारी गरेको छ।

    राष्ट्र बैंकले एलआईमा एआई एप्लिकेसनहरु पारदर्शी, व्याख्यायोग्य, निष्पक्ष र जवाफदेही छन् भनी सुनिश्चित गर्नु र तिनीहरुले ग्राहक अधिकारलाई समर्थन गर्छन्, डेटा गोपनीयताको सुरक्षा गर्छन् र भेदभावपूर्ण वा गलत परिणाम उत्पादन गर्दैनन् भन्ने सुनिश्चित गर्न जारी गरेको छ।

    यो मार्गदर्शनको मुख्य उद्देश्य राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको नियमनलाई चुस्तदुरुस्त पार्नु रहेको केन्द्रीय बैंकले जनाएको छ। मार्गदर्शन राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा लागू हुनेछन्।

     

     

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - ११:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij