Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

४ महिने छोराको हत्या गरी पत्नीलाई कुटेर भागेका असई पक्राउ

४ महिने छोराको हत्या गरी पत्नीलाई कुटेर भागेका असई पक्राउ


  • 358
    Shares

    ४ महिने छोराको हत्या गरी पत्नीलाई कुटेर भागेका असई पक्राउ
    images

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या गरेका छन् ।

    हिजो दिउँसो सिनामंगलस्थित कोठा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका हुन् । छोराको हत्या गरेर श्रीमतीलाइ पनि कुटपिट गरेर उनी फरार भएका थिए ।

    जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका हुन् । श्रीमती पनि प्रहरी हुन् । उनलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

    उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । सोधपुछलगायत अनुसन्धानका काम अब हुने उनले बताए ।

     

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १०:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij