Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

नागढुङ्गा–नौबिसे सडक दैनिक ५ घण्टा बन्द हुने

नागढुङ्गा–नौबिसे सडक दैनिक ५ घण्टा बन्द हुने


  • 274
    Shares

    नागढुङ्गा–नौबिसे सडक दैनिक ५ घण्टा बन्द हुने
    images

    काठमाडौं । सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन नागढुङ्गा(नौबिसे सडकखण्ड एक सातासम्म दैनिक पाँच घण्टा बन्द गरिने भएको छ।

    सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सडक बन्द गरेर काम अघि बढाउने निर्णय गरिएको हो।

    जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त सूचना प्रकाशित गर्दै नागढुङ्गादेखि पिप्लामोडसम्म र धादिङको पोखरेभिर क्षेत्रमा सवारी आवागमन रोकिने जनाएका छन्।

    त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा(नौबिसे खण्ड कालोपत्र गरी स्तरोन्नति हुने चरणमा छ। काठमाडौंतर्फको नागढुङ्गा–पिप्लामोड खण्ड अत्यन्त साँघुरो रहेको र कालोपत्रका लागि गह्रौँ उपकरण परिचालन गर्नुपर्ने भएकाले सवारी साधन रोक्नुपरेको आयोजनाले जनाएको छ।

    त्यस्तै, धादिङको गल्छी–गजुरी खण्डको पोखरेभिर क्षेत्र पनि साँघुरो र जोखिमपूर्ण रहेकाले सडक चौडा गर्न लागिएको हो।

    सवारी साधनको निरन्तर चापका कारण कामले गति लिन नसकेपछि निर्माण व्यवसायी र आयोजनाको आग्रहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक बन्द गरी काम गर्ने निर्णय गरेको हो।

    बन्दको समयमा काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुङ्गा चेकपोस्टमा रोकिनेछ भने काठमाडौं भित्रिने सवारी साधनलाई खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी, बैरेनी र मासटारमा रोकिनेछ।

    अत्यावश्यक सवारीका रुपमा रहेका एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल र शववाहन जस्ता अत्यावश्यक सवारी साधनको आवागमनमा भने ट्राफिक प्रहरीले सहजीकरण गर्नेछ।

    साना तथा मझौला सवारी साधनले सीतापाइला–भिमढुङ्गा–धार्के सडक वा सामाखुसी–टोखा–छहरे सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ।

    प्रशासनले सर्वसाधारणलाई तोकिएको बन्द समय अगाडि वा पछाडि मात्र यात्राको योजना बनाउन वा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। रोकिएका सवारी साधनलाई अपराह्न ३ः३० बजेपछि मात्र गन्तव्यतर्फ छोडिनेछ।

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - ०८:१५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij