Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

ओली र लेखकलाई पक्राउ नगरे देशभर आन्दोलन गर्ने सुदन गुरुङको चेतावनी

ओली र लेखकलाई पक्राउ नगरे देशभर आन्दोलन गर्ने सुदन गुरुङको चेतावनी


  • 1.2K
    Shares

    ओली र लेखकलाई पक्राउ नगरे देशभर आन्दोलन गर्ने सुदन गुरुङको चेतावनी
    images

    हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन्। उनले यदि उनीहरूलाई पक्राउ नगरिए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिए।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै गुरुङले गत भदौ २३ गते भएको जेन–जी आन्दोलनको घटनालाई लिएर तत्कालीन सरकारको नेतृत्वमाथि कारबाहीको माग गरेका हुन्।

    उनले वर्तमान गृहमन्त्रीलाई चुनौती दिँदै छानबिन आयोगको प्रतिवेदन अनुसार कारबाही गर्ने हिम्मत देखाउन आग्रह गरेका छन्।

    गुरुङले लेखेका छन्, ‘अब हामी गृहमन्त्रीमा हिम्मत छ वा छैन भनेर हेर्न पर्खिरहेका छौं। जसरी उनले सधैं भन्दै आएका छन् कि छानबिन आयोगको लागि पर्खनुहोस्, अब समय आएको छ।’

    गुरुङले सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। ‘हेरौँला... अब पनि आफ्नो बोली राखेनन् भने, देशभर विरोध प्रदर्शन हुनेछ र त्यसको जिम्मा स्वयं गृहमन्त्री आफैंले लिनुपर्नेछ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

    भदौ २३ को आन्दोलनका क्रममा भएको दमन र घटनाको जिम्मेवार तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै गुरुङले उनीहरूमाथि कारबाहीको माग निरन्तर उठाउँदै आएका छन्।

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - २२:०६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij