Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

नेपाल बैंक र क्युरा हेल्थबीच विशेष छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र क्युरा हेल्थबीच विशेष छुट सम्बन्धी सम्झौता


  • 1.2K
    Shares

    नेपाल बैंक र क्युरा हेल्थबीच विशेष छुट सम्बन्धी सम्झौता
    images

    काठमाडौं ।  नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा रहेको क्युरा हेल्थले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

    सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवा (स्याम्पल कलेक्सनका लागि निःशुल्क होम डेलिभरीको सुविधासहित) र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा बिल रकमको १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

    सम्झौतापत्रमा बैकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्युरा हेल्थका तर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन्। यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहक क्युरा हेल्थको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने अपेक्षा गरिएको छ।

     

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १६:४४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij