Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित


  • 2.6K
    Shares

    हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

    काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको छ ।

    आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयले विस्तारको कार्य स्थगन गरिएको जनाएको हो ।

    यसअघि शनिवार हेटौडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरुको सीमा बढाउने भन्दै डोजर चलाएर सयौँ संरचना भत्काइएको थियो ।

    पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेकी स्थानीय विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले शुक्रबार सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौंडाको नाममा आदेश दिएको हो ।

    उनले अन्तरिम आदेश माग गर्दै गत १६ मंसिरमा सडक डिभिजनविरुद्ध रिट दायर गरेकी थिइन ।

    592364519_745594214569625_4687490071251272466_n_c66bgeX8v1.jpg

     

     

     

    images
    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १६:३०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij