Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेप्सेले दियो गिरावटलाई निरन्तरता, साढे ५ अर्बकाे काराेबार ?

नेप्सेले दियो गिरावटलाई निरन्तरता, साढे ५ अर्बकाे काराेबार ?


  • 1.3K
    Shares

    नेप्सेले दियो गिरावटलाई निरन्तरता, साढे ५ अर्बकाे काराेबार ?

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा बन्द भएको हो।

    आज ४६ कम्पनीको शेयर बढेको छ भने २०४ वटा कम्पनीको शेयरघटेको छ। आज ५ अर्ब ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

    बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशत घटेको छ ।तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो . १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जी रहेको छ । 

    सर्वाधिक कारोबार सागर डिस्टिलरीको ४३ करोड ६९ लाख रुपैयाँ भएको छ। दोस्रो धेरै कारोबार हुने कम्पनीमा ङादी ग्रुप पावरको ३२ करोड ५२ लाख रुपैयाँ कारोबार भएको छ।

    21.JPG

    images
    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १५:२९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij