२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ । आईतवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्की र भण्डारीबीच भेटवार्ता भएको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारसहिति संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरुमा आगजनी र तोडफोड समेत भएको थियो ।
प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षण समेत गरेकी छन् । भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij