Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाउने निर्णय, ८ अर्ब बिगो दाबी

पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाउने निर्णय, ८ अर्ब बिगो दाबी


  • 918
    Shares

    पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाउने निर्णय, ८ अर्ब बिगो दाबी
    images

    काठमाडौं । पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्न लागेको छ । 

    अहिले विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको अख्तियार स्रोतले जानकारी दियो । अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

    ८ अर्ब बिगो दाबीसहित ५ जना पूर्वमन्त्रीसहितलाई प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ । निलम्बित महानिर्देशक प्रदीप अधिकारीललगायतलाई पनि प्रतिवादी बनाउने अख्तियारले निर्णय गरेको छ ।

    तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।

     

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १५:१०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij