२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् ।
आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १\१ जनालाई मन्त्रीमण्डलमा सामेल गराएर उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ ।
नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij