२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रभित्र पर्ने राजमार्ग विस्तारबाट प्रभावित नगरवासीलाई लक्षित गर्दै ९ बुँदे निर्णय गरेको छ । आइतबार बसेको बैठकले विस्थापित व्यवसायीदेखि घरधनीसम्मलाई समेटेर विभिन्न ९ वटा बुँदामा निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार उपमहानगरले सडक विस्तारका क्रममा घर भत्किएका घरधनीहरूलाई पुनः घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्ने भएको छ। यसका लागि अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय भएको छ।
त्यस्तै, सडक विस्तारका कारण विस्थापित भई व्यवसाय सञ्चालन गर्न नसकेका व्यवसायीहरूको लगत सङ्कलन गरी उनीहरूले पुनः व्यवसाय सुरु नगरेसम्मका लागि व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेस गरिने भएको छ।
प्रभावित क्षेत्रमा पुनः घर निर्माण गर्दा २००० वर्गफिटसम्मको नक्सा पास दस्तुर छुट दिने प्रस्ताव पनि उपमहानगरले नगर सभामा लैजाने भएको छ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij