Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ?

अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ?


  • 596
    Shares

    अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ?
    images

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा रहेको बताए।
     
    उनले निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको, बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौति रहेको बताए । साथै लगानी वातावरणमा अनिश्चितता र राजश्व संकलनको दबाब रहेको बताए। उनले निजी क्षेत्रको साथमा सरकार रहेको बताइएपनि अन्तरिम सरकारको आयु कति हो ? भन्दै प्रश्न गरे । 

    अन्तरिम सरकारले ल्याएका नीतिहरु विधि विपरित रहेको भन्दै स्थायी सरकारले उल्ट्याइदिने र निजी क्षेत्रको लगानी डुब्ने समस्या कायम रहेको बताए। वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउने पनि बताए। सरकारले नीति बनाउने, निजी क्षेत्रले अर्थतन्त्र चलाउने, नियामकले अनुशासन कायम गर्ने र पत्रकारले पारदर्शिता सूचित गर्नुपर्ने बताए। 

    उनले भने, ‘अर्थमन्त्रीज्युले भर्खरै भन्नुभयो, निजी क्षेत्रको साथमा सरकार छ । निजी क्षेत्र र सरकार त साथमा छ । यो सरकारको आयु कति हो । तर स्थायी सरकार हाम्रो साथमा छैन जस्तो लाग्छ । सरकारले जे पनि नीतिहरु ल्याउँछ, स्थायी सरकारले त्यसलाई कानून विपरित भयो भनेर पल्टाइदिन्छ । वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउनसक्छ । सरकारले नीति बनाउने हो, निजी क्षेत्रले अर्थतन्त्र चलाउने हो, नियामकले अनुशासन कायम गर्ने हो र पत्रकारले पारदर्शिता सूचित गर्ने हो । यो चार स्तम्भको सहकार्य बिना आर्थिक वृद्धि सम्भव छैन । नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा छ । निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव छ । बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौति छ । लगानी वातावरणमा अनिश्चितता छ । राजश्व संकलनको दबाबमा छ ।’

    उनले निजी क्षेत्र लामो समयसम्म टिक्नसक्ने स्थिति नरहेको बताए। निर्यात अभिवृद्धिदर, उत्पादकत्व वृद्धि जस्ता संरचनागत आर्थिक आवश्यकताहरु देखिएको बताए । 

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १०:५८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij