Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आजको मौसम

पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम

पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम


  • 1.4K
    Shares

    पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम

    काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ । कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

    आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ । 

    त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

    images
    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - ०८:५३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij