Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सञ्चारकर्मीहरुलाई विष्णु रिमालले भनेः ओली नै अध्यक्ष हुनुहुन्छ, लेखेर राख्नुस्

सञ्चारकर्मीहरुलाई विष्णु रिमालले भनेः ओली नै अध्यक्ष हुनुहुन्छ, लेखेर राख्नुस्


  • 2.0K
    Shares

    • images
    सञ्चारकर्मीहरुलाई विष्णु रिमालले भनेः ओली नै अध्यक्ष हुनुहुन्छ, लेखेर राख्नुस्

    काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका हुन्। 

    उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताएका छन्। 

    उनले भने, ‘टीममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाईनल गरिसकेका छौँ । अध्यक्ष केपी ओली हुनुहुन्छ । यो चाहीँ ठहर नै हो । साथीहरुले लेखेरै राख्नु भएपनि हुन्छ । छाप्नु भएपनि हुन्छ, बजाए पनि हुन्छ । २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ रु भन्दाखेरी केपी शर्मा ओली । यसमा हाजिरी जवाफमा फेलै खाईन्न । पूरै नम्बर आउँछ । त्यो भन्दामुनिमा टिम कसरी भन्दा त्यो डिस्कसको विषय हुन्छ ।’

    उपमहासचिव रिमालले नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमती नै हुने अवस्था रहेको तर्क समेत गरेका छन् ।

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १४:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij