Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ आजदेखि सुरु

पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ आजदेखि सुरु


  • 239
    Shares

    पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ आजदेखि सुरु

    काठमाडौं । मानव सेवा फाउन्डेसनको अगुवाइमा पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाभरि सञ्चालन हुने श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ विहीबारबाट सुरू भएको छ ।

    महायज्ञका लागि मन्दिर परिसर सजाइएको छ भने भक्तजनका सुविधालाई मध्यनजर गर्दै विभिन्न व्यवस्थापनहरू गरिएको छ। यस ज्ञान महायज्ञमार्फत पितृमोक्ष, आध्यात्मिक उन्नति र समाजमा धार्मिक चेतना फैलाउने उद्देश्य लिइएको छ। आजबाट सुरू भएको यस धार्मिक आयोजनामा देशभरिबाट भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ।

    महायज्ञको उद्घाटनपूर्व वृहत शोभा कलश यात्रा गरिएको थियो ।  पशुपतिको सुमार्गी भवन अगाडि रहेको पार्किङ क्षेत्रबाट प्रारम्भ भएको कलश यात्रा पशुपति रुद्रगारेश्वर हुँदै मनकामना पूर्ति मोचन विराट ज्ञान महायज्ञको प्रमुख पण्डा स्थल हंसमण्डपमा पुगेर सम्पन्न भएको हो ।

     

     

    images
    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १७:२०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij