Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

नेपाली डिक्सनेरीबाट ‘सत्य’ भन्ने शब्द डिलिट गर्दिए हुन्छ’,: केपी ओली

नेपाली डिक्सनेरीबाट ‘सत्य’ भन्ने शब्द डिलिट गर्दिए हुन्छ’,: केपी ओली


  • 344
    Shares

    नेपाली डिक्सनेरीबाट ‘सत्य’ भन्ने शब्द डिलिट गर्दिए हुन्छ’,:  केपी  ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक दलहरूले सत्य बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरी ‘सत्य’ शब्द झिक्नुपर्ने बताएका छन् । 

    नेकपा एमाले वन तथा वातावरण विभागले मंगलबार आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तोडफोड, आगजनी र लुटपाटलाई क्रान्ति भनेर सत्य नबोल्ने हो सत्य शब्द झिक्नुपर्ने बताएका हुन् ।

    ‘देशको स्वार्थलाई मासेर, आगो लगाएर । अराजकता, वितण्डा, आगजनी । यस्तो वितण्डालाई महिमा मण्डन गरेर । कति गैरजिम्मेवार तरिका होला भन्ठान्छु ।’ पूर्व प्रधानमन्त्री ओलीले देशलाई सही ट्रयाकमा फर्काउनै पर्ने बताए ।

    ‘यदि यति सारो संविधान मिचिएको कुरालाई मिचियो भन्न सक्दैनौ हामी, अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनले लोकतन्त्र मासियोसम्म भन्न सक्दैनौँ भने नेपाली डिक्सनेरीबाट ‘सत्य’ भन्ने शब्द डिलिट गर्दिए हुन्छ’, ओलीको भनाइ छ । 

     

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १६:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij