२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा एक चियरलिडर घाइते बनेकी छन् । चितवन राइनोजका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेको बलले लागेर उनी घाइते बनेकी हुन् ।
जनकपुर बोल्ट्सविरुद्धको खेलमा रुपेश सिंहले फ्याकेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो । उनी त्यहीँ ढलिन् ।
उनको नाकबाट रगत बग्न थालेपछि स्ट्रेचरमा राखेर निकालिएको छ । उनलाई अस्पताल लगिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij