२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । पूर्वप्रतिनिधिसभा सांसद सुमना श्रेष्ठले समय अभाव र दलीय सहमति जुटाउन नसकिने बहानामा विदेशमा रहेका नेपालीलाई मतदानबाट वञ्चित गर्न लागिएकोमा आपत्ति जनाएकी छिन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समय अभाव र दलीय सहमति जुटाउन सक्ने अवस्था नरहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्थापन गर्न नसकिने जानकारी सरकारलाई दिएको उल्लेख गर्दै उनले आपत्ति जनाएकी हुन् ।
सामाजिक सञ्जालमार्फत सुमनाले भनेकी छिन्–ुदर्ता भैसकेका मतदातालाई मतदान गर्ने नदिने कुन कुन दल रहेछ नाम खुलाउनुस् त, हामी पनि थाहा पाइराखौँ । निर्वाचन आयोग संवैधानिक निकाय हो, सबै बालिग मतदातालाई समेटेर निष्पक्ष निर्वाचन गराउने म्यान्डेट पाएको । यसको लागि कुनै दलको अनुमति कुर्न पर्दैन ।
श्रेष्ठ प्रश्न गर्छिन्– विदेशमा रहेका नागरिकलाई मतदान गर्न व्यवस्था मिलाउनु भनेर वर्षौ अघि सर्वोच्चको परमादेश छ, हाल सम्म केही तैयारी छैन रु निर्वाचन आयोगले मिति घोषणा भए पछि मात्र काम शुरु गर्ने हो रु त्यसो हो भने निर्वाचन आयोगमा स्थायी कर्मचारीको औचित्य के रुु
भदौँ २३–२४ क्रान्तिको मर्म बोक्ने निर्वाचन हो यो, पुरानै ढर्राको निर्वाचन र उही अनुहारहरू दोहोर्याउने चेष्टा कोहीबाट पनि नहोस् । यसपालि पनि यसको सुरुवात गर्न सकिएन भने, कहिल्यै पनि सकिँदैन । तपाईँहरू खुट्टा नकमाउनुस् हामी मद्दत गर्छौँ, अस्ति राष्ट्रिय परिचय पत्रबाट मतदाता दर्ता गर्दा गरे जस्तै,ु उनले भनेकी छिन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij