२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजका अर्जुन साउदले पनि साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएका छन् ।
मंगलबार (मंसिर १६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको चितवनबाट अर्जुनले ३७ बलमा ५० रन पूरा गरे । उनले चार चौका र तीन छक्का प्रहार गरे । प्रतियोगितामा अर्जुनको पनि यो पहिलो अर्धशतक हो ।
जारी खेलको १३.१ ओभर सकिँदा चितवनले विकेट नगुमाई १०९ रन बनाएको छ । अर्जुनअघि अर्का ओपनर डेविड मलानले पनि अर्धशतक बनाएका थिए । मलान हाल ५९ रनमा खेलिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij