Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

मंसिर २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सालपा विकास बैंक

मंसिर २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सालपा विकास बैंक


  • 218
    Shares

    मंसिर २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सालपा विकास बैंक
    images

    काठमाडौं । सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

    सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

    यो आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ।

    सो आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिनेछ। 

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १२:१८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij