Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

निर्वाचन आयोगमा नयाँ २५ दल दर्ता, दलको संख्या १४३ पुग्यो

निर्वाचन आयोगमा नयाँ २५ दल दर्ता, दलको संख्या १४३ पुग्यो


  • 351
    Shares

    निर्वाचन आयोगमा नयाँ २५ दल दर्ता, दलको संख्या १४३ पुग्यो
    images

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २५ वटा नयाँ दल दर्ता भएका छन्। 

    नयाँ दर्ता भएका २५ सँगै आयोगमा यसपटक एकसय १९ दल दर्ता भएका छन्। दल दर्ताका लागि एकसय २० दलले निवेदन दिए पनि ११९ दल दर्ता भएका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

    निर्वाचन आयोगले सुरुमा मंसिर १ देखि १० गतेसम्म दल दर्ताको लागि निवेदन दिने समय छुट्याएको थियो। त्यसपछि आयोगले चार दिन समय थपेको थियो। थपिएको समय पनि आइतबार सकिएको छ। 

    अव निवेदनको छानबिनपछि २० मंसिरमा दर्ता भएका दलहरुको अन्तिम सूची प्रकाशन गरिने आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार १४ दलबाट दुई वा त्यसभन्दा बढी दल मिलेर एकल चुनाव चिह्न लिने गरी ६ वटा निवेदन परेका छन् । एक्लै चुनाव लड्ने गरी १०५ दलले निवेदन दिएका छन्। विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका १४ वटै दलले दल दर्ताको लागि निवेदन दिएका छन्।

    नयाँ र पुरानासँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १४३ पुगेको छ। आयोगमा दर्ता भएका दलहरूले पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिन छुट्टै दल दर्ता गर्नुपर्ने प्रावधान छ। पुराना २४ दलले भने आगामी निर्वाचन प्रयोजनको लागि आयोगमा निवेदन दिएका छैनन्। 

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १०:४६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij