Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर

रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर


  • 1.0K
    Shares

    • images
    रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’ को मुद्दालाई केन्द्रमा राख्दै यी दुई वैकल्पिक राजनीतिक शक्तिहरूले आइतबार ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्।

    उक्त सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति एवं उच्च संवाद समितिका संयोजक डा। स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष एवं राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका हुन्।

    सबै नेपालीको समतामूलक उन्नति, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उद्देश्यका साथ दुई पार्टीबीच एकता भएको सहमतिपत्रमा उल्लेख छ। 

    दुई दलबीच भएको सहमति अनुसार एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम हुनेछ। दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार र त्यसको बीचमा निलो रङको घण्टीको आकृति रहने सहमति भएको छ।

    सांगठनिक समायोजनका सन्दर्भमा, रास्वपाको आगामी ऐतिहासिक राष्ट्रिय महाधिवेशनसम्मका लागि ‘संघीय नेतृत्व मञ्च’ नामक विशेष संयन्त्र निर्माण गरिने भएको छ। 

    त्यसैगरी, प्रदेश र स्थानीय तहका संरचनामा पनि योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा नेता तथा कार्यकर्ताहरूको समुचित समायोजन गरिने सहमति भएको छ।

    सहमति पत्रमार्फत दुवै दलले लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत एवं परिवर्तनकामी शक्ति, समूह र व्यक्तिहरूलाई ‘घण्टी’ चुनाव चिह्नमा समाहित हुन आह्वान गरेका छन्।

    591772948_832497512908208_8619208789904199747_n_gcPmeCBKWi.png

     

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १६:२३:२५ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij