Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एक जनप्रतिनिधि सहित ८ जना जुवाडे पक्राउ

एक जनप्रतिनिधि सहित ८ जना जुवाडे पक्राउ


  • 1.2K
    Shares

    एक जनप्रतिनिधि सहित ८ जना जुवाडे पक्राउ

    काठमाडौं । पूर्वी चितवनबाट १ जना प्रतिनिधिसहित ८ जना जुवाडे पक्राउ परेका छन् । उनीहरूलाई कालिका नगरपालिका-६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा रत्ननगर नगरपालिका-१२ का अध्यक्ष सुन्दरमणि सुवेदी छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका-६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल छन् । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन्।

    उनीहरूको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको हो। 

    images
    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १४:०९:३९ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij