Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघ्यो, दैनिक एकजनाको मृत्यु

नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघ्यो, दैनिक एकजनाको मृत्यु


  • 1.5K
    Shares

    नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघ्यो, दैनिक एकजनाको मृत्यु

    काठमाडौं । नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघेको छ। 

    विश्व एड्स दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा ३४ हजार ३ सय ३७ जनालाई एचआईभी संक्रमण भएको जानकारी दिएका हुन्। 

    उनका अनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना छन्। त्यस्तै १५ वर्षमाथिका १४ हजार जना महिलामा एचआईभी संक्रमण छ। उनले १५ वर्षभन्दा माथिका एचआईभी संक्रमित पुरुषको संख्या १९ हजार २ सय ७९ छ। एक हजार ५८ जना एचआईभी पोजेटिभ बालबालिका रहेको उनले बताए। 

    गत एक वर्ष आमालाई एचआईभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकामा संक्रमण पुष्टि भएको हो। सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको डा। शर्माले बताए। सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिइरहेका छन् भने दिनमा एक जनाको एचआईभीका कारण मृत्यु भइरहेको छ।

    ‘सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको छ। तर अझै हामी ९० प्रतिशतसम्म पुग्नुपर्नेछ। सरदर दिनमा एउटा जस्तो वा १.७ जना नयाँ क्लाइन्टहरू थपिने अवस्था छ। मृत्युको दरको कुरा गर्ने हो भने लगभग दिनमा एउटा जस्तो एचआईभीको कारणले मृत्यु हुने गर्दछ’, उनले भने। 

    डा. शर्माका अनुसार ८८ प्रतिशत एचआईभी संक्रमित औषधि खाइरहेका छन्। संक्रमितमध्ये ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा कति छ भनेर परीक्षण गरिरहेको उनले बताए। आगामी एक वर्षभित्र एचआईभी संक्रमणविरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए। (न्युज एजेन्सी नेपाल)

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १२:१५:५१ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij