Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


  • 365
    Shares

    मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
    images

    काठमाडौं । तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।  दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    धरान उपमहानगरपालिका-८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १-०२-००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १-०३-००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी-५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

     

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १३:२७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij