२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १०८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । यसबीचमा अझ केही दल थपिन सक्नेछन् । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान सक्दछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij