Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

ह्वाइट हाउसनजिकै गोली लाग्दा घाइते नेसनल गार्ड साराको मृत्यु

ह्वाइट हाउसनजिकै गोली लाग्दा घाइते नेसनल गार्ड साराको मृत्यु


  • 1.1K
    Shares

    ह्वाइट हाउसनजिकै गोली लाग्दा घाइते नेसनल गार्ड साराको मृत्यु

    काठमाडौं । बुधबार ह्वाइट हाउसनजिकै भएको आक्रमणमा घाइते भएकी महिला नेसनल गार्ड सारा बेकस्ट्रोमको मृत्यु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उनको मृत्यु भएको जानकारी दिएका हुन्। 

    ट्रम्पले भने, ‘सारा अब हामीसँग छैनन् र उनका आमाबाबु स्तब्ध छन्। बेकस्ट्रोम एक प्रतिभाशाली नेसनल गार्ड थिइन्।’ सारा जुन २०२३ मा सैन्य प्रहरी एकाइमा सामेल भएकी थिइन्। 

    यस्तै उनीसँगै गोली लागेका अर्का नेसनल गार्ड एन्ड्रयु वुल्फको अवस्था पनि गम्भीर रहेको ट्रम्पले बताएका छन्। नेसनल गार्ड एन्ड्रयु वुल्फको फाइल तस्बिर (बीचमा)

    बुधबार वासिङ्ट डीसीस्थित राष्ट्रपति भवन (ह्वाइट हाउस?) नजिकै उनीहरूमाथि गोली प्रहार गरिएको थियो। गोली चलाएको आरोपमा अफगानी नागरिक रहमानुल्लाह लकनवाललाई पक्राउ गरिएको छ। उनी पनि घाइते छन्। 

    उनी अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रमअन्तर्गत २०२१ मा अमेरिका पुगेका थिए।

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १०:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij