Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सरकारी जग्गा वर्षौँदेखि प्रधानमन्त्री कार्कीको कब्जामा

सरकारी जग्गा वर्षौँदेखि प्रधानमन्त्री कार्कीको कब्जामा


  • 155
    Shares

    सरकारी जग्गा वर्षौँदेखि प्रधानमन्त्री कार्कीको कब्जामा
    images

    काठमाडौं । सुशासन र न्यायको पक्षधरका रुपमा खरो मिजासको पहिचान बनाएकी प्रधानमन्त्री सुशीला कार्कीले नै वर्षौँदेखि सार्वजनिक जग्गा मिचेको भेटिएको छ।

    जेन–जी विद्रोहका बलमा गत भदौ २७ गते अन्तरिम सरकारको नेतृत्वमा आएकी कार्कीले टोखा नगरपालिका–४ धापासीस्थित भोसिङडोलमा रहेको आफ्नो घरसँगैको सार्वजनिक जग्गा मिचेको भेटिएको हो ।

    सार्वजनिक जग्गा मिचेको प्रकरणमा योहो टेलिभिजनले बुधबार भिडियो रिपोर्ट नै प्रसारण गरिसकेको छ ।

    योहोले प्रसारण गरेको उक्त रिपोर्टमा प्रधानमन्त्री कार्कीले बनाएको घरले चर्चेको जग्गाको कित्ता, क्षेत्रफल र सार्वजनिक जग्गा मिचिएको विवरण पनि देखाइएको छ ।

    उत्तिसको रुखलाई नेपाल भाषामा भोसिङ भनिने गरिन्छ । त्यही उत्तिसको रुख पाइने ठाउँ भएकाले कार्कीले घर बनाएको ठाउँलाई भोसिङडोल भन्ने गरिएको वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए ।

    भोसिङडोलमा रहेको प्रधानमन्त्री कार्कीको घर भने उनका श्रीमान् दुर्गाप्रसाद सुवेदीको नाममा छ । भिरालो जग्गामा रहेको कार्कीको घरसम्म सार्वजनिक पाखो जोडिएको देखिन्छ ।

    कार्कीको घरभन्दा तल अर्को घर छ, जुन घर तलतिरको समथर भागसम्म जोडिएको छ । तर, प्रधानमन्त्री कार्कीको घरबाट समथर भागसम्म जोड्ने बीचको भिरालो टुक्रो भने सार्वजनिक जग्गा हो । जुन जग्गामा पर्खाल उठाएर कार्कीको परिवारले प्रयोग गरेको स्थलगत रिर्पोटिङका क्रममा देखिएको छ । मिचिएको त्यो सार्वजनिक जग्गामा टिनले छाएको घर पनि कार्की परिवारले बनाएको छ ।

    सरकारी तथ्यांकअनुसार कित्ता नम्बर ८ रहेको कार्कीको जग्गाको क्षेत्रफल ६ आना १ पैसा २ दाम हो । तर, प्रधानमन्त्रीको परिवारले ९ आना १ पैसा क्षेत्रफल चर्चेर उपभोग गरेको योहो टेलिभिजनले प्रसारण गरेको रिपोर्टमा उल्लेख छ ।

    ‘उहाँ नेपालको पहिलो प्रधानन्याधीस बन्नुभयो नि, त्यतिबेला देखि नै केही सार्वजनिक जग्गा भोगचलन गर्दै आएको हो’, श्रेष्ठ भन्छन्, ‘उहाँ प्रधानन्यायाधीश हुँदा नै उहाँका लागि खटिएका सुरक्षाकर्मीहरू बस्नका लागि क्वाटर नै बनाएर त्यो जग्गा अतिक्रमण गरेको पाइएको छ ।’

    प्रधानमन्त्री कार्कीका पति दुर्गाप्रसाद सुवेदीले सार्वजनिक जग्गामा पहिला सेनाले टहरा बनाएर बसेको स्वीकारेका छन् । अहिले पनि त्यही टहरामा प्रहरी बसेको प्रतिक्रिया उनले दिएका छन् । तर, मूलघरले भने सार्वजनिक जग्गा नमिचेको स्पष्टीकरण उनले दिएका छन् ।

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - ०५:४७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij