२०८२ चैत्र १ गते आइतवार
पर्सा । वीरगन्जमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा गरी बिहीबार ९ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार नारायणी बयोधा अस्पतालमा बिहीबार १२:५१ मिनेटमा वीरगन्ज १० का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा बिहान ३:३० मिनेटमा वीरगन्ज २६ की ४५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । बिहान २:१६ मिनेटमा स्पर्श मल्टी स्पेशिलिटी अस्पतालमा वीरगन्ज २१ क ५६ वर्षीय पुरुष,बिहान ५ बजे भवानी अस्पतालमा वीरगन्ज १ का ६५ वर्षिय पुरुष,भवानी अस्पतालमै पर्सा पोखरिया नगरपालिका १० की ६५ वर्षीया महिला,नेशनल मेडिकल कलेजमा बिहान ४ बजे वीरगन्ज २६ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
नारायणी अस्पतालमा दिउँसो १:३० मिनेटमा वीरगन्ज ५ की ६० वर्षीया महिला, दिउँसो ३:३० मिनेटमा वीरगन्ज १५ की ५५ वर्षीया महिला र नेशनल मेडिकल कलेजमा ४:१० मिनेटमा वीरगन्ज १५ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij