Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

२० लाख नगद बुझाएर कृष्णबहादुर महरा रिहा

२० लाख नगद बुझाएर कृष्णबहादुर महरा रिहा


  • 197
    Shares

    २० लाख नगद बुझाएर कृष्णबहादुर महरा रिहा
    images

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् ।

    महरालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले बताएका छन् । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार असोज २९ देखि महरा पुर्पक्षको लागि कारागारमा थिए ।

    बिहीबार उच्च अदालतका न्यायाधीशद्ववय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।

    चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुन प्रकरणमा संलग्न आरोपमा महरालाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

     

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १७:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij