Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

संक्रमणदर नघटेपछि चितवनमा जेठ १३ सम्म निषेधाज्ञा थपिने

संक्रमणदर नघटेपछि चितवनमा जेठ १३ सम्म निषेधाज्ञा थपिने


  • 5.2K
    Shares

    • images
    संक्रमणदर नघटेपछि चितवनमा जेठ १३ सम्म निषेधाज्ञा थपिने

    चितवन । कोरोनाको संक्रमणदर नघटेपछि चितवनमा निषेधाज्ञा समय थपिने भएको छ। भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ।

    जिल्लास्थित सरोकारवालाहरुको बैठकले निषेधाज्ञा थप्न जिल्ला प्रशासनलाई सिफारिस गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको जानकारी दिए।

    सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ। अबको निषेधाज्ञा थप कडाइ  हुने उनको भनाइ छ। पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको छ। जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरु, सुरक्षाकर्मी लगायतको बैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १७:३४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij