Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१४ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, स्पष्टीकरण बुझाउन ७ दिन मौका

१४ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, स्पष्टीकरण बुझाउन ७ दिन मौका


  • 960
    Shares

    १४ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, स्पष्टीकरण बुझाउन ७ दिन मौका

    काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ।

    काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो। 

    यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो। तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ।

    स्पष्टीकरण सोधिएका कम्पनीहमा विक्रम घले मुख्य व्यक्ति भएको लबकुश कन्स्ट्रक्सन प्रालि नुवाकोट, नारिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि नुवाकोट, मुकुन्द अधिकारी मुख्य व्यक्ति भएको दीपश्री इन्जिनियरिङ प्रालि काठमाडौं,  विजय गुरुङ मुख्य व्यक्ति भएको न्यू कामनारयुनिभर्सल जेभी नुवाकोट र सुमन न्यौपाने मुख्य व्यक्ति भएको चन्द्रसूर्य निर्माण सेवा प्रालि काठमाडौं छन् ।

    Notice-413x768.jpg

    images
    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १३:४७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij