Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : नक्कली कार्यतालिका स्वीकार्दैनौं

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : नक्कली कार्यतालिका स्वीकार्दैनौं


  • 407
    Shares

    कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : नक्कली कार्यतालिका स्वीकार्दैनौं
    images

     काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले चुनावअघि महाधिवेशन नगर्ने नियतले कार्यतालिका ल्याउन लागिएको जनाउँदै त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।

    विशेष महाधिवेशनको मागलाई निस्तेज पार्ने गरी संस्थापन पक्षबाट कार्यतालिका आएमा त्यसलाई स्विकार्न नसकिने केन्द्रीय सदस्य मधु आचार्यले बताए । चुनावअघि वा पछि र विशेष महाधिवेशनका विषयमा कांग्रेसमा सहमति जुट्न सकेको छैन । ६ असोजदेखि रोकिएको केन्द्रीय समिति बैठकमा हालसम्म महाधिवेशनको एजेन्डामा सहमति हुन सकेको छैन ।

    केन्द्रीय समितिबाट बहुमतको बलमा संस्थापन पक्षले कार्यतालिका प्रस्तुत गर्न लागेको आशंका विशेष महाधिवेशन पक्षधरले गरेका छन् । महाधिवेशनको कार्यतालिका ल्याइसकेपछि विशेष महाधिवेशन किन ? भनेर अल्मल्याउने प्रयास गरिएको केन्द्रीय सदस्य आचार्य बताउँछन् ।

    आचार्यले  भने,‘ नक्कली कार्यतालिका ल्याएर पास गर्ने तयारी भएको देखिन्छ । हामीले महाधिवेशन खोजेका हौं । कार्यान्वयन नहुने कार्यतालिका ल्याएर हामीलाई अलमल पार्ने प्रयास सफल हुन दिँदैनौं ।’

    संस्थापन पक्षले महाधिवशेन गर्ने चाहना राखे नियमित महाधिवेशन गर्न अझै पनि संस्थापनइतरका नेताहरु बताउँछन् । विशेष पक्षधरले नियमित महाधिवेशनलाई  नै पहिलो प्राथमिकतामा राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित माग गरेका थिए । नियमित महाधिवेशन हुन नसकेको हकमा भने विशेषमा जानैपर्ने उक्त पक्षधरको भनाइ छ । व्यावहारिक कार्यतालिका र महाधिवेशन गर्ने नियत भए अझै पनि पुसभित्र नियमित महाधिवेशन गर्न सकिने केन्द्रीय सदस्य आचार्य बताउँछन् । वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गरी अन्य संरचनामा चुनावपछि महाधिवेशन गर्न सकिने विकल्प आचार्यले देखाए ।

    २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै २ हजार ४८८ प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए । प्रस्ताव गरेको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ । विशेष महाधिवेशनका मागकर्ताहरूलाई अलमल पार्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका पारित गरिएको अवस्थामा विशेष महाधिवेशनको मागलाई निष्कर्षमा पुर्‍याउने आचार्यले बताए ।

    कांग्रेसमा दुई थरी विचार प्रवाह हुँदै आएको छ । वर्तमान समितिलाई यथावत् राखेर सभापति शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव जानुपर्ने संस्थापनका बहुसंख्यक नेताहरू छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान नेतृत्व लिएर चुनावमा जान नसकिने बताइरहेका छन् । नियमित महाधिवेशन गर्न नेताहरू तयार नभएको र समयको पनि चाप भएको हुँदा विशेष महाधिवेशनको विकल्प अब नभएको महामन्त्री थापा बताउँछन् । महामन्त्री थापाले अनलाइनखबरसँग भने, ‘नियमित महाधिवेशन गराउन नेताहरू सकिँदै सकिन्न भन्नुहुन्छ । नियमित गर्न सकिँदै सकिन्न् भन्ने हो भने विशेष महाधिवेशनको विकल्प छैन । विधान अनुसार माग भएको विशेष महाधिवेनलाई सम्बोधन गर्नैपर्दछ ।’

    २८ असोजदेखि जारी केन्द्रीय समितिमा महाधिवेशनको एजेण्डामा सहमति जुट्न सकेको छैन । महाधिवेशनको विषयमा शीर्ष तहमा सहमति नहुँदा आजका लागि तोकिएको केन्द्रीय समितिको बैठक भोलि ९१२ मंसिर० का लागि सारिएको छ ।

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १२:४६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij