२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुने भएका छन्।
जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।
चार समूह र नेपाली कम्युनिस्ट पार्टी बिचको एकता घोषणा कार्यक्रम दिउँसो एक बजे राष्ट्रिय सभागृहमा हुने भएको छ ।
कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकतामा समाहित हुँदै छन् भने सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह समाहित हुँदै छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij