२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । नेप्सेमा शिवम् सिमेन्टको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो ।
शिवम् सिमेन्टको २.५ प्रतिशत बोनश शेयरपछि मूल्य समायोजन भएको छ । कम्पनीको बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ६१५ रुपैयाँ ४० पैसाको आधारमा मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि कम्पनीको शेयर मूल्य ६ सय ३९ पैसा कायम भएको छ ।
समायोजित मूल्यको आधारमा आज दोस्रो बजारमा कारोबार खुल्ने भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij