२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको हो ।
घरायसी विवादमा छोराले गएराति बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij