Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

भारतले नेपाली भाषामा पनि अनुवाद गर्‍यो आफ्नो संविधान

भारतले नेपाली भाषामा पनि अनुवाद गर्‍यो आफ्नो संविधान


  • 477
    Shares

    भारतले नेपाली भाषामा पनि अनुवाद गर्‍यो आफ्नो संविधान
    images

    काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले बुधबार आफ्नो संविधान दिवस मनाइरहेको छ । २६ नोभेम्बरका दिन भारतले संविधान दिवस मनाउँदै आएको छ ।

    ७६ औँ संविधान दिवसका अवसरमा बुधबार भारतले नेपाली भाषामा समेत आफ्नो संविधानको अनुवादित प्रति जारी गरेको छ । संविधान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले नेपालीसहित विभिन्न ९ भाषामा भारतीय संविधानको अनुवादित प्रति जारी गरेकी हुन् ।

    विशेष समारोहलाई सम्बोधन गर्दै उनले मलयालम, मराठी, नेपाली, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमियासहित ९ भाषामा संविधानको अनुवादित प्रति जारी भएको बताइन् ।

    प्रकाशित मिति :मंसिर १० २०८२ बुधवार - १४:०१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij