२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । कोरोनाविरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (ईयू) ले २८ करोड २० लाख रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरेको छ ।
महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै ईयूले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तवासमा रहेका बिरामीलाई ‘टेलिहेल्थरटेलिमेडिसिन’ कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि यस रकम परिचालन गरिएको ब्रसेल्समा रहेको ईयूको प्रधान कार्यालयले जनाएको छ ।
सहयोगस्वरूप प्राप्त रकमबाट अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवम् आपूर्ति गरिनेछ ।
यसैगरी ईयूको सदस्य राष्ट्र फिनल्याण्डले शल्यचिकित्सामा प्रयोग हुने २० लाखभन्दा बढी ‘मास्क’, तीन लाख ५० हजार एफएफपीटू मास्क, ५२ हजार पाँच सय जोर पञ्जा र ३० हजार थान एकान्तवास पोसाक नेपाललाई प्रदान गर्ने जनाइएको छ । रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij