Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ४ जना घाइते (नामावलीसहित)

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ४ जना घाइते (नामावलीसहित)


  • 547
    Shares

    सिन्धुलीमा गाडी दुर्घटना हुँदा ४ जना घाइते (नामावलीसहित)

    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१३ माथिल्लो रानीबासस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्। 

    झापाबाट भिमानतर्फ जाँदै गरेको बा १८ च ९८८३ नम्बरको इसुजु डिम्याक्स (हाइलक्स) गाडी अनियन्त्रित भई सडकको दायाँ किनारमा रहेको बिजुली पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    गाडी चालक काठमाडौँ महानगरपालिका–९ निवासी ५४ वर्षीय ओम नारायण सिंह उपचाररत छन्। दुर्घटनापछि गाडी घटनास्थलमै रहनुका साथै अन्य सवार यात्रुहरूलाई जनसेवा अस्पताल बर्दिबासतर्फ पठाइएको प्रहरीले बताएको छ।

    दुर्घटनामा घाइते भएकाहरूः
    – काठमाडौँ महानगरपालिका–९ निवासी ५३ वर्षीया लक्ष्मी कार्की, टाउको र बाँया हातमा चोट, अवस्था सामान्य
    –५६ वर्षीया रिना सिंह, घाँटी र बाँया हातमा चोट, अवस्था सामान्य
    –४५ वर्षीया लक्ष्मी कटुवाल, कम्मरमा चोट, अवस्था सामान्य
    –४३ वर्षीया लक्ष्मी सिंह, घाँटीमा चोट, अवस्था मध्यम

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १९:१८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij