Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

लगातार तेस्राे दिन पनि बढ्याे शेयर बजार, कारोबार रकम भने घट्यो

लगातार तेस्राे दिन पनि बढ्याे शेयर बजार, कारोबार रकम भने घट्यो


  • 792
    Shares

    लगातार तेस्राे दिन पनि बढ्याे शेयर बजार, कारोबार रकम भने घट्यो

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलवार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ । 

    आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१९ कम्पनीको १ करोढ १९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ।

    त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३३ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको २६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको २० करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    9.JPG

    images
    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १५:२८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij